Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुन तोलामा ५ हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुन तोलाको ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको भाउ पनि वृद्धि भएको छ ।

चाँदी तोलामा ३७५ रुपैयाँले बढेर तोलाको ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ५ हजार ५० रुपैयाँ रहेको थियो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार