NL न्यूज
काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत ‘सुपर–एट’ चरणमा आज दुई वटा खेल हुँदैछन् ।
पहिलो खेलमा दिउँसो सवा ३ बजे पल्लेकेले मा घरेलु टोली श्रीलङ्का राष्ट्रिय क्रिकेट टोली र इङ्ग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली आमनेसामने हुँदैछन् ।
यी दुई टोलीबीच टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्म १७ पटक भेट भएकोमा इङ्ग्ल्यान्ड १३ र श्रीलङ्का ४ खेलमा विजयी भएका छन् । टी–२० विश्वकपमा भने ६ पटकको भेटमा इङ्ग्ल्यान्ड ५ र श्रीलङ्का १ खेलमा विजयी भएका छन् ।
यस्तै दोस्रो खेलमा अहमदाबाद मा घरेलु टोली भारत राष्ट्रिय क्रिकेट टोली र दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली बीच प्रतिस्पर्धा हुनेछ ।
यी दुई टोलीबीच टी–२० अन्तर्राष्ट्रियमा ३१ पटक भेट भएकोमा भारत १८ र दक्षिण अफ्रिका १२ खेलमा विजयी हुँदा १ खेल नतिजाविहीन भएको छ । टी–२० विश्वकपमा ७ पटकको भेटमा भारत ५ र दक्षिण अफ्रिका २ खेलमा विजयी भएका छन् ।
श्रीलङ्का समूह ‘बी’ बाट र इङ्ग्ल्यान्ड समूह ‘सी’ बाट उपविजेता बन्दै ‘सुपर–एट’ मा पुगेका हुन् । भारत समूह ‘ए’ बाट तथा दक्षिण अफ्रिका समूह ‘डी’ बाट विजेता बन्दै ‘सुपर–एट’ मा स्थान बनाउन सफल भएका हुन् ।
यसअघि हिजो ‘सुपर–एट’ को पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । कोलम्बो स्थित आर प्रेमदासा स्टेडियम मा वर्षाका कारण पाकिस्तान राष्ट्रिय क्रिकेट टोली र न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली बीचको खेल हुन नसक्दा दुवै टोलीले १–१ अङ्क बाँडेका छन् ।
‘सुपर–एट’ चरणमा दुई समूहमा चार–चार टोली रहेका छन् । यस चरणका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

प्रकाशित मिति:
आइतबार, फागुन १०, २०८२
१०:३१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्