Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रौतहटको सुरक्षा व्यवस्था नियन्त्रणमा ल्याउन सेना परिचालनसँगै कर्फ्यु कडाइ

काठमाडौँ । फागुन ७ गतेदेखि बिग्रिएको रौतहटको सुरक्षा अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले सेना परिचालन गर्दै कर्फ्यु जारी गरेको छ ।

गौर मा दुई समुदायबीच भएको सामान्य भनाभन तीन दिनमै उग्र साम्प्रदायिक दंगामा परिणत भएपछि तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना बढेका हुन् । स्थिति थप जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

आइतबार बिहान केही समयका लागि कर्फ्यु खुकुलो पारिएको थियो । कर्फ्यु खुकुलो अवधिमा सर्वसाधारण दैनिक उपभोग्य वस्तु किनमेलका लागि घरबाट छिटफुट रूपमा बाहिर निस्किएका थिए ।

तर बिहान ८:३० बजेदेखि पुनः कर्फ्यु कडाइका साथ लागू गरिएको र त्यसको पूर्ण पालना गर्न रौतहट प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
यसैबीच, घटनालाई उक्साउने तथा हिंसा फैलाउन भूमिका खेलेको आरोपमा प्रहरीले हालसम्म २० जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जनमत पार्टी का नेता शेख जमशेदसमेत रहेका छन् ।

प्रशासनले शान्ति सुरक्षाको अवस्था सामान्य नहुँदासम्म आवश्यक सुरक्षा सतर्कता कायम राखिने जनाएको छ ।
gaur-curfew-1771733988.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार