NL न्यूज
काठमाडौं । राजधानीको राजनीतिक नाडी नाप्ने ठाउँ मध्ये एक हो, काठमाडौं–९ । २०७९ सालमा अरू क्षेत्रमा कमजोर देखिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले यही क्षेत्र जोगाएर सास फेरेको थियो । तर, यसपटक समीकरण फेरिएको छ । पुरानो अनुहार बाहिरिएका छन् । नयाँ दाबेदारहरू मैदानमा छन् । यो पटक कसले जित्ला अझै अनिश्चय छ ।
फर्केर हेर्दा २०७९ को चित्र : झिनो अन्तर, ठूलो सन्देश
अघिल्लो निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठले ११,९५६ मत ल्याएर विजयी भए । राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन उम्मेदवार टेकबहादुर पोखरेल १०,९६१ मतसहित निकटतम् प्रतिध्वन्दी बने । उनी मात्र ९९५ मत मतान्तरले पराजित भए । अन्य दलले पनि यहाँ मत ल्याएकै थिए । राप्रपा र हाम्रो नेपाल पार्टीले मत काट्दा रास्वपाले जित दर्ता गर्न सकेन । यदि त्यो मत एमालेलाई गएको भए जितको मतान्तर बढी हुने थियो । तर समानुपातिकतर्फ भने रास्वपा ११,५०२ मतसहित पहिलो दल बन्यो । यहाँ एमालेले ९,४०७ मत ल्याएर दोस्रो भयो । नेपाली कांग्रेस ८,००५ मतसहित तेस्रोमा सीमित भयो । यसले के देखायो भने व्यक्तित्वको प्रभावले प्रत्यक्षमा एमाले टिकेपनि पार्टीगत आकर्षण ‘घण्टी’तिर बढेको थियो ।
अब चर्चा गरौं यो पटकको चुनावमा उठेका उम्मेदवारको
यसपटक को–को मैदानमा?
एमालेबाट अजयक्रान्ति शाक्य
रास्वपाबाट डीपी अर्याल
कांग्रेसबाट नानुमैया बास्तोला
नेकपाबाट राधाकृष्ण महर्जन
राप्रपाबाट दिलकुमार कार्की
जसपा नेपालबाट रणवीर क्षेत्री सिंह
यहाँ ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अर्थात् कुल उम्मेदवार संख्या २४ छ ।
एमालेले फेरेको उम्मेदवार
एमालेले पाँच पटक जितेका कृष्णगोपाललाई पन्छाएर शाक्यलाई अघि सारेको छ। श्रेष्ठलाई १० औँ महाधिवेशनमा ईश्वर पोखरेलको समूहलाई साथ दिएको आरोपमा टिकट नदिइएको बुझिन्छ । एमाले जस्तो क्याडर बेस पार्टीमा ‘अन्तर्घात’ हुनु सामान्य मानिँदैन, तर श्रेष्ठका असन्तुष्ट समर्थकहरूले मौन रूपमा अर्को पक्षलाई सहयोग गरेमा वा चुनावमा निष्क्रिय बसेमा अजयक्रान्तिका लागि निर्वाचन परिणाम प्रतिकूल आउन सक्छ ।
रास्वपाको दाउ
डीपी अर्याल यसपटक प्रतिष्ठाको लडाइँमा छन् । डीपी रास्वपाका उपसभापति र रवि लामिछाने कारागारमा रहँदा कार्यवाहक सभापति । उनी श्रममन्त्री रहँदाको अनुभव, सुशासनको एजेन्डा र सहरी सुधारको स्पष्ट खाकासहित मैदानमा छन् । भ्रष्टाचारमा शून्य सहनशीलता, प्रत्येक वडामा खबरदारी टोली, मासिक सार्वजनिक सुनुवाइ, हरित करिडोर, व्यवस्थित पानी वितरण, ‘नो हर्न’ नीति, ट्रमा सेवा र नेवा: संस्कृतिको डिजिटल अभिलेखीकरण उनका मुख्य वाचा हुन् । साझा र स्वतन्त्र मत यसपटक केन्द्रित हुनसक्ने आकलन पनि छ । गत चुनावमा साझा पार्टीबाट मिलन पाण्डे उम्मेदवार हुँदा स्वतन्त्र रूपमा २ हजार ३२७ मत ल्याएका थिए । उनले यसपटक डीपी अर्याललाई समर्थन गर्ने घोषणा गरेका छन् । यस्तै काठमाडौँका निवर्तमान मेयर बालेन शाहको लोकप्रियता र उनले निर्वाचनमा लिएको ‘लौरो’ चुनाव चिह्नको प्रभाव पनि यस क्षेत्रमा देखिन्छ । अघिल्लो पटक हाम्रो नेपाली पार्टीको ‘लौरो’ चिन्हले १ हजार ८८८ समानुपातिक मत पाएको थियो । अहिले ‘लौरो’ र ‘घण्टी’बिचको एकताका कारण त्यो मत पनि रास्वपातिरै समाहित हुने सम्भावना छ ।
कांग्रेस र नेकपाको प्रभाव
यसपटकको चुनावमा कांग्रेसले नानुमैया बास्तोलालाई उम्मेदवार बनाएको छ । उनी कांग्रेसकी केन्द्रीय सदस्य पनि हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राधाकृष्ण महर्जनलाई मैदानमा उतारेको छ । अघिल्लो पटक ८ हजार ४ समानुपातिक मत पाएको कांग्रेसले आफ्नै उम्मेदवार उठाउँदा एमाले र रास्वपा दुवैको मत काटिन सक्छ । २०७९ मा गठबन्धन हुँदा मत बँडिएको थिएन। अहिले कांग्रेस र नेकपा छुट्टा-छुट्टै हुँदा विरोधी मत विभाजित हुन सक्छ। यसले कसलाई फाइदा पुग्छ भन्नेमा मतदाताको अन्तिम निर्णय निर्णायक हुनेछ।
कसको पल्ला भारी?
एमालेसँग संगठन र पुरानो आधार छ । रास्वपासँग सहरी ‘स्विङ’ र परिवर्तनको मनोविज्ञान छ । कांग्रेससँग परम्परागत मत छ, बदलियोको भनिएको कांग्रेस र गगन थापा नेतृत्वको भर । तर युवा मत जोगाउन चुनौती छ । काठमाडौं–९ का मतदाता प्रायः मुद्दा हेरेर निर्णय गर्छन् । सहर व्यवस्थापन, ट्राफिक, धुलो, पानी, सुशासन यी प्रत्यक्ष अनुभवका सवाल हुन् । जो उम्मेदवारले विश्वसनीय रूपमा यी समस्या सम्बोधन गर्न सक्छ, उसकै सम्भावना बलियो देखिन्छ । यो सिट केवल अंकगणित होइन, मनोविज्ञानको खेल पनि हो । २०७९ को झिनो अन्तरले देखाएको प्रतिस्पर्धा यसपटक अझ कडा हुने संकेत छ । काठमाडौं–९ ले पुरानो किल्ला जोगाउँछ कि नयाँ लहर चढाउँछ, त्यसले राजधानीको समग्र सन्देश तय गर्नेछ ।

प्रकाशित मिति:
शुक्रबार, फागुन ८, २०८२
१८:५८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्