Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

भन्सार विभागको नयाँ तथ्यांक

पाँच महिनामा नेपालको वैदेशिक व्यापार ९ खर्ब नजिक

आयात बढ्यो तर घाटा अझै गहिरिँदै

काठमाडौं ।  नेपालको वैदेशिक व्यापार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै ९ खर्ब रुपैयाँ नजिक पुगेको छ। भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतभन्दा बढी वृद्धि हो।

तर प्रश्न यहीँ छ—
व्यापार बढ्नु राम्रो कि घाटा बढ्नु चिन्ताजनक ?

५ महिनाको कुल वैदेशिक व्यापार 

विवरण रकम (रु.मा)
कुल वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब
आयात ७ खर्ब ६६ अर्ब
निर्यात १ खर्ब १६ अर्ब
व्यापार घाटा ६ खर्ब ४९ अर्ब
आयात/निर्यात अनुपात ६.५८
आयात हिस्सा ८६.८० %
निर्यात हिस्सा १३.२० %

हरेक ६ रुपैयाँ आयात हुँदा १ रुपैयाँ मात्रै निर्यात भइरहेको अवस्था अझै कायम छ।

आयात र निर्यात दुवै बढे, तर घाटा किन घटेन ?

  • आयात १५.८३ % ले बढ्यो
  • निर्यात ५८.१७ % ले बढ्यो
  • तर व्यापार घाटा अझै पनि १०.५२ % ले बढ्यो

यसको मुख्य कारण  निर्यात बढे पनि आयातको आकार अझै धेरै ठूलो हुनु भन्ने हो । 

इन्धन आयातले फेरि जित्यो निर्यात

पहिला–पहिला केही महिना निर्यात इन्धन आयातभन्दा अगाडि थियो। तर पाँचौं महिना पुग्दा तस्वीर फेरि उल्टिएको छ।

इन्धन आयात पाँच महिनामा १ खर्ब २१ अर्ब

कुल निर्यात १ खर्ब १६ अर्ब

यसको अर्थ देशले बेचेर कमाएको भन्दा बढी पैसा तेलमै गुमायो।

नेपालले के–के धेरै आयात गर्‍यो ? 

वस्तु रकम
कच्चा सोयाबिन तेल ४६ अर्ब ९७ करोड
डिजेल ४५ अर्ब ६० करोड
पेट्रोल २७ अर्ब ३३ करोड
एलपी ग्यास २२ अर्ब ३९ करोड
स्मार्ट फोन १९ अर्ब १३ करोड
सुन १९ अर्ब ७ करोड
आइरन र स्टिल ५४ अर्ब ६ करोड
इलेक्ट्रिकल मेसिनरी ५३ अर्ब ९३ करोड
सवारी साधन ४७ अर्ब १९ करोड

स्मार्टफोनमा मात्रै सवा १९ अर्ब !

अवधि आयात रकम संख्या
५ महिना (२०८२/८३) १९.१३ अर्ब १०.७ लाख
४ महिना (कात्तिकसम्म) १६.१५ अर्ब ९.४३ लाख
मंसिर मात्र ३ अर्ब

नेपालले के–के निर्यात गर्‍यो ? 

वस्तु रकम
सोयाबिन तेल ४६ अर्ब ५५ करोड
अलैंची ५ अर्ब ५३ करोड
कार्पेट ४ अर्ब १३ करोड
सूर्यमुखी तेल ३ अर्ब ७३ करोड
जुट २ अर्ब ७३ करोड
कफी, चिया, मसला ८ अर्ब १६ करोड

निर्यात बढेको छ, तर अझै पनि केही सीमित वस्तुमै निर्भर छ।

कुन देशसँग कति कारोबार ?

ठूला आयात साझेदार

देश आयात निर्यात
भारत ४ खर्ब ३४ अर्ब ९५ अर्ब
चीन १ खर्ब ६३ अर्ब ४६ करोड
अर्जेन्टिना ४४ अर्ब ८ लाख
यूएई २३ अर्ब ८४ करोड
अमेरिका १० अर्ब ७.४२ अर्ब

चीन र अर्जेन्टिनासँग व्यापार असन्तुलन झन् गहिरो देखिन्छ।

यो तथ्यांकले वैदेशिक व्यापार बढ्नु सकारात्मक संकेत भएको देखाएको छ । तर आयातमुखी अर्थतन्त्र अझै बद्लिएको छैन । तेल, मोबाइल र कच्चा पदार्थमै ठूलो रकम बाहिरिँदैछ । निर्यात बढे पनि उद्योग, विविधिकरण र मूल्य अभिवृद्धि कमजोर देखिएको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार