NL न्यूज
बारा । मधेस राजनीति र शक्ति सन्तुलनका हिसाबले संवेदनशील मानिने बारा–२ यसपटक फेरि रोचक प्रतिस्पर्धाको केन्द्रमा छ । लगातार तीन निर्वाचनमा जसपा नेपालले आफ्नो प्रभाव कायम राखेको यो क्षेत्रमा यसपटक भने चुनावी समीकरण पहिलेजस्तो सरल देखिँदैन ।
२०७४ र २०७९ मा रामसहाय प्रसाद यादव निर्वाचित भए । २०७९ मा उपराष्ट्रपति बनेपछि भएको २०८० वैशाखको उपनिर्वाचनमा जसपा नेपालकै अध्यक्ष उपेन्द्र यादव विजयी भए । त्यसैले पनि बारा–२ लाई जसपाको ‘सुरक्षित क्षेत्र’ का रूपमा हेरिँदै आएको छ । तर, यसपटक परिस्थिति भिन्न छ । कांग्रेस विशेष महाधिवेशन गरेर मैदानमा गएको छ । एमाले पनि आफ्नो मत कायम राख्दै अघि बढ्ने तयारीमा छ । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका केही वामपन्थी समूह मिलेर बनेको नेकपा वाम मत आफ्नो पोल्टामा पार्ने दाउमा छ । यसपटक वैकल्पिक दलका रुपमा उदायको रास्वपा नयाँ र पुराना दलप्रतिको वितृष्णाको मत तान्ने दाउमा छ ।
मुख्य उम्मेदवार
एमाले- बलबिर प्रसाद चौधरी
कांग्रेस- भैयाराम प्रसाद यादव
नेकपा- रमेश प्रसाद यादव
रास्वपा- चन्दन कुमार सिंह
जसपा नेपाल- रामकिशोर प्रसाद यादव
जनमत- राजेश साह
अन्य उम्मेदवार राप्रपा, नेपाल मजदुर किसान पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल जनता पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय मुक्ति पार्टी, आम जनता पार्टी, जनअधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी र १३ स्वतन्त्र मैदानमा छन् ।
जसपा नेपालको परम्परागत आधार, तर घट्दो उत्साह
जसपा नेपालबाट उम्मेदवार बनेका रामकिशोर यादव पार्टीको परम्परागत एजेण्डा—मधेसी, जनजाति, थारु, दलित र मुस्लिम अधिकार—लाई नै मुख्य आधार बनाएका छन् । प्रदेशसभाका दुवै क्षेत्रमा जसपाकै प्रतिनिधि निर्वाचित हुनु, करैयामाई र देवताल गाउँपालिकामा पार्टी नेतृत्व हुनु जस्ता कारणले संगठनात्मक रूपमा जसपा अझै बलियो देखिन्छ ।
तर, मधेस केन्द्रित दलप्रति मतदाताको उत्साह पहिले जस्तो नरहेको स्थानीय विश्लेषकहरूको बुझाइ छ । बालेन शाहको चर्चा मधेससम्म फैलिँदा मधेस केन्द्रित दलहरू दबाबमा परेका हुन् कि होइनन् भन्ने बहस पनि छ । यद्यपि, जसपा नेपालका उम्मेदवार यादव भने ‘जनता लहडको पछि नलाग्ने’ दाबी गर्दै परम्परागत राजनीतिक चेतनामा भरोसा देखाउँछन् ।
बदलिएको नारा दिएको कांग्रेस उत्साहित
नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादव कांग्रेस नेतृत्व परिवर्तनले आम मतदाता उत्साहित रहेकाले उभार आफ्नोतर्फ आउँने विश्वास राख्छन् । तर, गगन थापा नेतृत्वले टिकट दिएको भन्दै देउवा समूह असन्तुष्ट छ, यो उनका लागि चुनौति हो । उम्मेदवार यादव आफू २७ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेको भन्दै व्यक्तिगत प्रभाव र संगठनात्मक शक्ति दुबैको संयोजनबाट परिणाम आफ्नो पक्षमा आउने दाबी गर्छन् ।
एमालेको स्थिर मत, विस्तारको चुनौती
नेकपा एमालेका उम्मेदवार बलबिर चौधरी विकास एजेण्डामा केन्द्रित छन् । २०७९ मा एमालेले करिब ९ हजार मत ल्याएको थियो । पचरौतामा पालिका नेतृत्व हुनु एमालेका लागि सकारात्मक पक्ष हो । तर, क्षेत्र यादव बाहुल्य भएकाले सामाजिक समीकरण एमालेका लागि सहज छैन । विकास र स्थायित्वको सन्देशले कति मत आकर्षित गर्छ भन्ने मुख्य प्रश्न बनेको छ ।
वैकल्पिक शक्तिको दाउ
प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्र कुशवाहा र नेकपाका रमेश यादव मत विभाजनका निर्णायक पात्र बन्न सक्ने देखिन्छन् । २०६४ का संविधानसभा सदस्यसमेत रहेका कुशवाहाले उपनिर्वाचनमा सम्मानजनक मत ल्याएका थिए । रास्वपाका चन्दनकुमार सिंह पूर्व गाउँपालिका प्रमुख भएकाले व्यक्तिगत मत तान्ने अपेक्षा गरिएको छ । बालेन शाहको मधेश यात्राले फाइदा हुने आशा उनको छ । तर, टिकट विवादले पार्टीभित्र असन्तुष्टि देखिएको छ । २०७९ मा रास्वपाले समानुपातिकतर्फ २८०० मत ल्याएको थियो ।
यदि यादव समुदायको मत विभाजित भयो भने अप्रत्याशित परिणाम आउन सक्छ । तर, परम्परागत आधार जोगाउन सफल भए जसपाले आफ्नो गढ कायम राख्न सक्छ ।
२०७९ सालको निर्वाचन परिणाम
प्रत्यक्षतर्फ
जसपा नेपाल- रामसहाय प्रसाद यादव- १३,८२२ मत (विजयी)
माओवादी केन्द्र- शिवचन्द्र प्रसाद कुसवाहा- १३,४६८ मत
स्वतन्त्र- रामकिशोर प्रसाद यादव- ११,०४३ मत
स्वतन्त्र- रविन्द्रप्रसाद यादव- १०,७५० मत
स्वतन्त्र- अरुण कुमार ज्ञवाली- ७,६९८ मत
जनमत- राजेश साह- २,७२५ मत
नागरिक उन्मुक्ति पार्टी- तेजबहादुर भगत- १,१११ मत
समानुपातिकतर्फ
जसपा नेपाल- १३,२४२
कांग्रेस- ११,१७९
एमाले- ९,१९३
जनमत पार्टी- ८,८४६
लोसपा नेपाल- ४,२३५
नागरिक उन्मुक्ति पार्टी- ३,७९४
माओवादी केन्द्र- ३,२६५
नेपाल संघीय समाजवादी पार्टी- २,३६६
एकीकृत समाजवादी- १,९९६
रास्वपा- १,४५५
उपनिर्वाचन २०८० को परिणाम
जसपा नेपाल- उपेन्द्र यादव-२८,४१५ मत (विजयी)
जनमत- शिवचन्द्र प्रसाद कुशवाहा- २३,३३४ मत
एमाले- पुरुषोत्तम पौडेल- १०,२१६ मत
रास्वपा- रमेश खरेल- २८२९ मत
बारा–२ मा यसपटक प्रतिस्पर्धा बहुपक्षीय छ । जसपा अझै अग्रस्थानमा देखिए पनि कांग्रेसको गुटबन्दी, एमालेको स्थिर मत, र वैकल्पिक उम्मेदवारहरूको सक्रियताले समीकरण जटिल बनेको छ । अन्ततः, यो निर्वाचन ‘गढ जोगाउने’ र ‘मत विभाजनबाट फाइदा उठाउने’ रणनीतिबीचको प्रतिस्पर्धा बन्ने देखिन्छ ।

प्रकाशित मिति:
आइतबार, फागुन १०, २०८२
११:२५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्