Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता

काठमाडौं । एमसीए-नेपालले पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्ड स्तरोन्नति गर्न ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको ठेक्का सम्झौता गरेको छ।

सोमबार काठमाडौंमा गरिएको सम्झौताअन्तर्गत ‘फुल डेप्थ रिक्लेमेसन’ र ‘सुपरपेभ’ प्रविधि प्रयोग गरी सडकको चौडाइ सात मिटर क्यारिजवे र २.५ मिटर सोल्डरसहित १२ मिटर बनाइनेछ।

यसबाट व्यापार र सवारी सञ्चालन लागत घट्ने र सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ। एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यो सम्झौताले सरकारका सबै तहमा साझा प्रतिबद्धता देखाएको बताए भने अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले नवीनतम प्रविधिबाट दिगो र प्रभावकारी सडक मर्मत सम्भव भएको बताए।

यसअघि नारायणघाट–मुग्लिङ सडक खण्डको मर्मत सुपरिवेक्षणका लागि पनि अन्तर्राष्ट्रिय कन्सल्ट्यान्टसँग सम्झौता गरिएको छ।

एमसीए-नेपालको यो आयोजनाले पूर्व–पश्चिम राजमार्गलाई थप मजबुत बनाउने र मुलुकको आर्थिक गतिशीलता बढाउने विश्वास लिइएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार