NL न्यूज
पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएका केही कार्यकर्ताले नेकपा एमाले को ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाएको भिडियो सार्वजनिक भएपछि विवाद चर्किएको हो। भिडियोमा ‘केपी…, देश छोड’ भन्दै नाराबाजी गरिएको देखिन्छ।
तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगरसमेत हो। त्यसैले घटनालाई एमालेले लक्षित आक्रमणका रूपमा व्याख्या गरेको छ।
झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यलाई महासचिव शंकर पोखरेलले ‘अपराध’को संज्ञा दिएका छन् । पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरुको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्त्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्ने छन् ।’
एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालमार्फत यसलाई ‘अराजकताको पराकाष्ठा’ बताउँदै कडा आपत्ति जनाएकी छन्। एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको र पार्टीको झण्डा समेत जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार वक्तव्य जारी गर्दै झण्डा जलाउने,उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यलाई अराजक मानसिकताको प्रतीक भनेका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी दाङका सभापति विनय घिमिरेले भने घटनामा पार्टीको संलग्नता नरहेको दाबी गरेका छन्। उनले घुसपैठमार्फत भ्रमपूर्ण वातावरण बनाइएको जिकिर गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
सुर्खेतबाट तुलसीपुर हुँदै घोराही पुगेका लामिछानेको स्वागतक्रममै घटना भएको बताइएको छ।





प्रतिक्रिया दिनुहोस्