Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाएपछि प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

काठमाडौं ।  नेकपा एमाले निकट नेशनल भोलेन्टियर्स फोर्सले पार्टी नेतृत्वमाथि लाञ्छना र झण्डा जलाइएको घटनाप्रति कडा आपत्ति जनाएको छ। फोर्सले प्रशासनले दोषीमाथि कारबाही नगरे सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार जारी गरेको वक्तव्यमा झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने गतिविधिलाई अराजक मानसिकताको प्रतीक भएको उल्लेख गरेका छन्। उनले यस्ता गतिविधिले राजनीतिक वातावरणलाई अस्थिर बनाउने र लोकतान्त्रिक संस्कृतिमा आघात पुर्‍याउने बताए।

वक्तव्यमा संलग्न व्यक्तिमाथि राज्य संयन्त्रले तत्काल कानुनी कारबाही नगरे संगठन स्वयं प्रतिवादमा उत्रिने स्पष्ट चेतावनी दिइएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार