Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

चुनावी बहसबारे रवि भन्छन्, 'प्रश्नको ठेक्का कसैलाई दिएका छैनौं'

सुर्खेत । रवि लामिछानेले चुनावी बहसबाट पन्छिएको आरोपबारे प्रतिक्रिया दिँदै प्रश्न सोध्ने वा लोकतन्त्रको जिम्मा कसैको एकाधिकार नभएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी बाचापत्र सार्वजनिक सभामा बोल्दै चुनावी बहसमा सहभागी नहुनु प्रश्नको सामना गर्न नसक्नु नभएको स्पष्ट पारे।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बहसमा सहभागी हुन तयार नभएको विषय उठेपछि लामिछानेले भने, “प्रश्नको सामना गर्न नसकेर डिबेटमा भाग लिएन भन्नुपर्दैन। प्रश्नको ठेक्का कसैलाई दिएका छैनौँ। जनताको प्रश्नको जवाफ हामीले जनताकै बीचमा दिएका छौँ—हरेक घरमा, हरेक नागरिकलाई।”

उनले रास्वपा बलियो बन्दा लोकतन्त्र संकटमा पर्ने भन्दै हल्ला फैलाइएको दाबी गरे। “प्रश्नको ठेक्का र लोकतन्त्रको ठेक्का नलिए हुन्छ,” उनले भने, “हामी विधिको शासन मानेर थिति बसाल्छौँ। गलत गर्न पाइँदैन, गलत गर्दैनौँ।” लामिछानेको भनाइले चुनावी बहसलाई लिएर उठेको विवादलाई थप राजनीतिक बहसको विषय बनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार