Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पूर्वराजा ज्ञानेन्द्रलाई रविको प्रश्न ,'चुनावले निकास नदिए केले दिन्छ ?'

काठमाडौं । रवि लामिछानेले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति र निकासको माध्यम भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले चुनाव सार्नुपर्ने वा निर्वाचनले निकास नदिने भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जनमत नै अन्तिम निर्णायक शक्ति भएको जिकिर गरे। 

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहले ‘निर्वाचनबाट निकास नआउने’ आशय व्यक्त गरेपछि उनले भने, “चुनाव गर्नु हुँदैन, चुनाव सार्नुपर्छ भन्ने कुरा सुनेको छु। चुनावले निकास दिँदैन भने केले दिन्छ निकास? लोकतन्त्रको ठूलो तागत भनेको जनताको तागत हो। जनताले भोटबाट तागत देखाउने यो उत्सवले निकास दिँदैन भने त्यसो भए के ले दिन्छ?”

उनले चुनौतीपूर्ण शैलीमा थपे, “एउटा अफर दिन्छु—रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस्।”

लामिछानेले अब राजनीतिक आरोप–प्रत्यारोपभन्दा परिणाममुखी कामको आवश्यकता रहेको बताए। “जतिबेला जनता जागिसकेको हुन्छ, त्यतिबेला कचकच गरेर हुँदैन। सबै मिलेर काम गर्नुपर्छ,” उनले भने, “रास्वपा एक्लै पनि चुनाव लड्न तयार छ। जो डराउनुपर्ने हो, उनीहरू डराए हुन्छन्, जनता डराउनुपर्ने अवस्था छैन।”

उनले आफ्नो पार्टीको प्राथमिकता शिक्षा र पूर्वाधार सुधारमा केन्द्रित रहेको उल्लेख गर्दै विश्वविद्यालयहरूमा दलगत ब्यानर र हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, ठेक्का लिएका विकास आयोजना समयमै सम्पन्न गराउने वातावरण सिर्जना गर्ने दाबी पनि गरे।

लामिछानेले आफ्नो पार्टीको प्राथमिकता शिक्षा र पूर्वाधार सुधारमा केन्द्रित रहेको उल्लेख गरे। विश्वविद्यालयहरूमा दलगत ब्यानर र हस्तक्षेप अन्त्य गर्दै शैक्षिक वातावरण स्वच्छ बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले ठेक्का लिएका विकास निर्माणका काम समयमै सम्पन्न हुने सुनिश्चितता गर्ने दाबी गरे।

उनका अनुसार रास्वपाले ‘राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालय’ र ‘समयमै सम्पन्न हुने विकास आयोजना’लाई चुनावी प्रतिबद्धताको प्रमुख एजेन्डा बनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार