Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रास्वपाको वाचापत्रमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार सुर्खेतमा आयोजित विशेष समारोहमा चुनावी बाचापत्र सार्वजनिक गरेको छ। पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरूले संयुक्त रूपमा बाचापत्र सार्वजनिक गरेका हुन्।

रास्वपाले फागुन २१ पछिको सरकार र आगामी बजेटको स्पष्ट खाका प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्र र सुशासनमा आमूल परिवर्तन गर्ने उद्घोष गरेको छ। उपसभापति वाग्लेले अबको ५–७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर (१०० खर्ब रुपैयाँभन्दा माथि) पुर्‍याउने महत्वाकांक्षी योजना प्रस्तुत गरे।

डा. वाग्लेले भने, “हामीले फागुन ३ गते नागरिकसँगको करारपत्र मार्फत हाम्रा लक्ष्यहरू सार्वजनिक गरिसकेका थियौं। आज नीतिगत प्रस्थानका १०० आधारहरू पेश गरेका छौं। अब बन्ने सरकारले यिनै आधारमा टेकेर जेठ १५ को बजेट र नीति तथा कार्यक्रम ल्याउनेछ।”

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार