Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

भदौ २४ को घटनामा सामेल केही तत्व नयाँ शक्तिको ‘मुखुण्डो’ लगाइरहेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ को महाविनाशलाई अप्रत्यासित घटना नभई राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथि योजनाबद्ध आक्रमण भएको ठहर गरेका छन् ।

आज जारी गरिएको एमाले घोषणापत्रमा ओलीले राष्ट्रका विरुद्ध यति ठूलो महाअपराधको अनुहार छोप्न त्यस घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएको टिप्पणी गरेका छन् । रास्वपा र बालेनलाई लक्षित गर्दै उनले मुखुण्डो लगाएकाहरुलाई बेलैमा चिन्नुपर्ने बताएका छन् । 
अध्यक्ष ओलीले निर्वाचन पुस्तान्तरणको विषय नधई देश बनाउने र भत्काउने बीचको जनमत–सङ्ग्रह भएको दावी गरे । उनले देश कुनै पुस्ताको निजी सम्पत्ति नभएको, राजनीति पुस्तालाई भिडाउने नभई प्रौढ र युवालाई मिलाएर अघि बढाउने हुनुपर्ने तर्क गर्नुभयो ।

ओलीले पार्टीको विशेषता भन्दै भने, “जोड्नु, मिलाउनु, बनाउनु र सबैसँग सहकार्य गर्नु हाम्रो विशेषता हो। जिम्मेवारी पाएको बेला गरेका कामका परिणामहरूले यसको पुष्टि गर्छन्। तसर्थ, एमाले बनाउने पार्टी हो, एमालेले बनाउँछ।”

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार