Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रतिनिधिसभा निर्वाचन–२०८२ को घोषणापत्र सार्वजनिक गर्दै लोकतन्त्र र राष्ट्रियताको संरक्षणमा पार्टीको दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। 

अध्यक्ष ओलीले पार्टीको घोषणापत्रमा तत्काल कार्यान्वयन गर्नुपर्ने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भ समावेश रहेको बताए। उनले देशको शान्ति, सुव्यवस्था, संविधानको रक्षा र राष्ट्रिय स्वाभिमान पुनः जागृत गर्न एमालेको नेतृत्व र अनुभव आवश्यक भएको बताए।

एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी छन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार