Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रास्वपा बागमती उपसभापति दिनेश हुमागाईको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश उपसभापति दिनेश हुमागाईले पदबाट राजीनामा दिएका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रेबाट प्रत्यक्ष उम्मेदवार बनेका हुमागाईले पार्टी महामन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमा उनले पार्टीभित्र गम्भीर असन्तुष्टि रहेको उल्लेख गरेका छन्। उम्मेदवार छनोटमा चलखेल, केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा प्रश्न, विधान उल्लंघन, आन्तरिक लोकतन्त्रको समाप्ति र प्रदेश तहको आवाज बेवास्ता गरिएको उनको आरोप छ। साथै नेतृत्वमाथि नैतिक प्रश्न, संरचनागत विकृति र निजी स्वार्थ हावी भएको भन्दै उनले पार्टी छाड्ने निर्णय लिएको बताएका छन्।

राजीनामाको अन्त्यमा हुमागाईले आन्तरिक लोकतन्त्र, पारदर्शिता र नैतिक बल गुमाएको संगठनले राष्ट्र निर्माणको दाबी गर्नु केवल नारा मात्र हुने टिप्पणी गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार