NL न्यूज
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गरिएको सम्बोधनमा प्रधानमन्त्री सुशीला कार्कीले युवाको असन्तोषलाई बेवास्ता गरे मुलुक फेरि विद्रोहतर्फ धकेलिने स्पष्ट चेतावनी दिएकी छन्।
प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई केवल नारा र प्रक्रियामा सीमित राख्दा पटक–पटक जनआन्दोलन हुनुपरेको तीतो यथार्थ स्वीकार गर्दै भनिन्, “युवा अभाव सहन सक्छन्, तर अन्याय, अपमान, विभेद र तिरस्कार सहँदैनन्। शासकले यो कुरा बुझेनन् भने फेरि विद्रोह अवश्यंभावी हुन्छ।”
उनले २००७ सालदेखि २०८२ सालसम्म पटक–पटक जनता सडकमा आउनु लोकतान्त्रिक संस्कार संस्थागत गर्न राज्य असफल भएको प्रमाण भएको टिप्पणी गरिन्। संविधानमा समानता लेखिए पनि व्यवहारमा विभेद जोगाइँदा राज्यप्रति विश्वास टुटेको र त्यसले विद्रोह जन्माएको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ मा जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलनलाई “भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको चेतावनी” का रूपमा व्याख्या गरिन्। सबल लोकतन्त्रले असन्तोषलाई दमन नगरी सुधारको अवसरका रूपमा लिनुपर्ने भन्दै उनले सरकार त्यसै दिशामा अघि बढेको दाबी गरिन्।
सम्बोधनमा उनले लोकतन्त्रलाई अब शासकीय संरचना मात्र नभई जीवनशैलीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइन्। “इन्टरनेटमा बोल्ने स्वतन्त्रतादेखि भान्छामा पक्ने तरकारीको मूल्यसम्म लोकतन्त्रको अनुभूति हुनुपर्छ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता जनाउँदै त्यसले लोकतन्त्रलाई नतिजामुखी र जनउत्तरदायी बनाउने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति:
बिहीबार, फागुन ७, २०८२
१०:५५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्