NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै २००७ सालको जनक्रान्तिलाई नेपालको आधुनिक इतिहासको प्रारम्भ बिन्दुका रूपमा स्मरण गरेको छ। सभापति गगन थापाद्वारा जारी सन्देशमा १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना भएको गौरवमय दिनको स्मरण गरिएको छ।
सन्देशमा २००७ सालको जनक्रान्ति केवल राजनीतिक परिवर्तन मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा समेत अग्रगामी मार्ग प्रशस्त गर्ने ऐतिहासिक आन्दोलन भएको उल्लेख छ। मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले साहसी कदम चालेको दिनकै रूपमा प्रजातन्त्र दिवसको महत्व औंल्याइएको छ।
कांग्रेसले २०४६ सालको जनआन्दोलन र २०६२–६३ को आन्दोलनमार्फत संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिक अधिकार सुनिश्चित गर्ने दिशामा भएका संघर्षहरूलाई पनि स्मरण गरेको छ। लोकतान्त्रिक मूल्य, राष्ट्रियता, नागरिक अधिकार र जनसहभागिताको बलियो आधार यही संघर्षबाट निर्माण भएको सन्देशमा उल्लेख छ।
लोकतन्त्र स्थापनाका लागि भएका क्रान्ति, संघर्ष र आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको त्याग, साहस र बलिदानको उच्च सम्मान गरिएको छ।

प्रकाशित मिति:
बिहीबार, फागुन ७, २०८२
१०:१६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्