Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आजबाट रमदान सुरु, मुस्लिम समुदायमा उपवास र इबादतको पवित्र महिना प्रारम्भ

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमदान आजबाट सुरु भएको छ। चन्द्रमाको दर्शनसँगै रमदान प्रारम्भ भएको पुष्टि भएपछि नेपालसहित विश्वभरका मुस्लिम समुदायले आज पहिलो रोजा (उपवास) राखेका छन्।

रमदान महिनामा मुस्लिम धर्मावलम्बीले बिहान सूर्योदयअघिदेखि साँझ सूर्यास्तसम्म खानपिन, पानी सेवन तथा अन्य सांसारिकक्रियाकलापबाट टाढा रही उपवास बस्ने परम्परा छ। यस अवधिमा नमाज, कुरान पाठ, दान–सदका र आत्मसंयमलाई विशेष महत्व दिइन्छ।

इस्लाम धर्म अनुसार रमदान महिनामा पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। त्यसैले यो महिना आत्मशुद्धि, धैर्य, सहानुभूति र सामाजिक सद्भावको अभ्यासको समयका रूपमा लिइन्छ।

रमदानको अन्त्यमा ईद–उल–फित्र पर्व मनाइने परम्परा छ, जसले उपवासको सफल समापन र आपसी भाइचारा तथा खुशी साटासाटको सन्देश दिन्छ।

नेपालमा रहेका मुस्लिम समुदायले पनि मस्जिदमा विशेष नमाज, धार्मिक प्रवचन र सामाजिक गतिविधिमार्फत रमदानलाई श्रद्धा र शान्तिपूर्वक मनाउने तयारी गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार