Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाइची अमेरिकासँग ‘दुर्लभ खनिज’ सहकार्यमा जुट्दै

टोकियो – जापानकी प्रधानमन्त्री सानाए ताकाइची ले अमेरिकासँग दुर्लभ खनिज विकास, आर्थिक सुरक्षा र लगानी सहयोग गर्न योजना बनाएको घोषणा गरेकी छन्।

सानाएलाई जापानी संसदले दोस्रो कार्यकालका लागि अनुमोदन गरेको थियो। हालैको चुनावमा उनको दल लिबेरल डेमोक्रेटिक पार्टी ले तल्लो सदनमा दुई–तिहाइ बहुमत हासिल गरेको थियो। प्रधानमन्त्री नियुक्त भएपछि उनले नयाँ मन्त्रिमण्डल गठन गरेकी छन्।

प्रधानमन्त्री ताकाइचीले आगामी महिनामा अमेरिकाको भ्रमण गरी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रणनीतिक र आर्थिक सहकार्यबारे छलफल गर्ने बताएकी छन्। चीनसँगको बढ्दो तनावको बीचमा उनले अमेरिकासँगको सम्बन्धलाई सुदृढ बनाउने संकेत दिएकी छन्।

उनले बढ्दो मूल्यवृद्धि नियन्त्रणका लागि खाद्य वस्तुमा अस्थायी कर कटौती, रक्षा खर्च वृद्धि, हतियार निर्यात नीति संशोधन, र कडा आप्रवासन नीति अघि बढाउने योजनाहरु पनि सार्वजनिक गरेकी छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार