NL न्यूज
काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित र तथ्यहीन सूचना नफैलाउन जनता तथा प्रयोगकर्तालाई अनुरोध गरेको छ। पछिल्लो समय भइरहेको यस्तो क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ।
यसअघि काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा चक्रपथ सडक खण्डमा पैदल यात्रीमाथि हातपात र दुर्व्यवहार गर्ने एक सवारी चालकलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो। घटनासँग सम्बन्धित अनुसन्धान कानुन बमोजिम अगाडि बढाइरहेको प्रहरीले प्रष्ट पारेको छ। तर, सो घटनाबारे विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भ्रामक फोटो, भिडियो र अन्य सामग्री सम्प्रेषण गरेपछि प्रहरीले आपत्ति जनाएको हो।
प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले भने, “कानुन बमोजिम अनुसन्धान भइरहेको विषयमा सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाउनु स्वयम् अनुसन्धानको घेरामा पर्न सक्ने भएकाले यसप्रति सजग रहन हार्दिक अनुरोध गरिन्छ।”
प्रहरीले सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्ने, राष्ट्रिय कानूनको पालन गर्ने, र सार्वजनिक जवाफदेहिता एवं मानवीय कर्तव्यको पालना गर्ने आग्रह गर्दै सबैसँग अनुरोध गरेको छ।

प्रकाशित मिति:
बिहीबार, फागुन ७, २०८२
०९:४९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्