Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुर्खेत सभालाई रवि र बालेनले सम्बोधन गर्दै

सुर्खेत । आगामी फागुन २१ गतेको आम निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। यसै क्रममा आज सुर्खेतस्थित घण्टाघर चोकमा पार्टीले ठूलो आमसभा आयोजना गर्दैछ। सभा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ।

पछिल्लो समय सुदूरपश्चिमको धनगढीमा सम्पन्न सभापछि दुवै नेताहरू थप उत्साहित देखिएका छन्। धनगढीको सभामा जनसमर्थन उर्लिएपछि, सुर्खेतमा पनि ठूलो जनउपस्थिति रहने अपेक्षा गरिएको छ।

रास्वपाले यस चुनावमा बहुमत मात्र नभई दुई तिहाइको दाबी गर्दै आएको छ। सभापति लामिछाने र नेता शाहले देशभर भ्रमण गर्दै जनतालाई “परिवर्तनका लागि घण्टी” मा मतदान गर्न अपिल गरिरहेका छन्। पार्टीले यस निर्वाचनलाई “नयाँ र पुराना शक्तिबीचको निर्णायक लडाइँ” का रूपमा व्याख्या गर्दै आएको छ। आजको सभामा रवि र बालेनले कर्णाली प्रदेशको विकास, राष्ट्रिय राजनीति, र आगामी सरकारका योजनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने विश्वास गरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार