NL न्यूज
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै उनले संविधानमा निहित सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र कानुनी राज्यलाई अक्षुण्ण राख्दै गरिबी, अशिक्षा, बेरोजगारी तथा विभेद अन्त्य गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
उनका अनुसार लोकतन्त्र सुदृढ बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक सबैले आदर्श आचरण, सकारात्मक सोच र जिम्मेवारपूर्ण व्यवहार आत्मसात् गर्नु अपरिहार्य छ।
उपराष्ट्रपति यादवले प्रजातन्त्र दिवसले नागरिक अधिकारको संरक्षण, समान अवसरको सुनिश्चितता र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणतर्फ प्रेरित गर्ने उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सम्बद्ध सबै पक्षले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति:
बिहीबार, फागुन ७, २०८२
०९:३३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्