Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकपमा आज तीन खेल: सुपर–एट समीकरण र प्रतिष्ठाको भिडन्त

काठमाडौं ।  टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणका आज तीन महत्वपूर्ण खेल हुँदैछन्। आजका प्रतिस्पर्धामा वेस्ट इन्डिजले इटालीसँग, आयोजक श्रीलंकाले जिम्बाब्वेसँग तथा अफगानिस्तानले क्यानडासँग प्रतिस्पर्धा गर्नेछन्।

वेस्ट इन्डिज भर्सेस इटाली
पूर्वविजेता वेस्ट इन्डिज यसअघि नै लगातार जित निकाल्दै सुपर–एटमा स्थान सुरक्षित गरिसकेको छ। समूह ‘सी’को शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजका लागि आजको खेल अपराजित यात्रालाई निरन्तरता दिने अवसर हुनेछ। प्रतियोगिताबाट बाहिरिसकेको इटालीका लागि भने यो खेल प्रतिष्ठा जोगाउने र अनुभव बटुल्ने अवसरका रूपमा रहनेछ। यी दुई टोलीबीचको खेल भारतको इडेन गार्डेन मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ।

श्रीलंका भर्सेस जिम्बाब्वे
समूह ‘बी’ अन्तर्गत आयोजक श्रीलंका र जिम्बाब्वेबीचको खेल पनि रोचक रहने अपेक्षा गरिएको छ। दुवै टोली सुपर–एटमा पुगिसकेकाले आजको भिडन्त समूह विजेता तय गर्ने हिसाबले महत्वपूर्ण हुनेछ। जिम्बाब्वेले अस्ट्रेलियालाई पराजित गर्दै प्रतियोगितामा सनसनी मच्चाइसकेको छ, जसका कारण घरेलु टोली श्रीलंकाका लागि चुनौती थपिएको छ। कोलम्बोमा दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ।

अफगानिस्तान भर्सेस ​​​​​​​क्यानडा
आजै साँझ सवा ७ बजे चेन्नईमा अफगानिस्तान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली सुपर–एटको दौडबाट बाहिरिसकेका छन्।
अफगानिस्तानका लागि विश्वकप यात्रा सुखद रूपमा टुंग्याउने अवसर हुनेछ भने क्यानडाले बलियो प्रतिद्वन्द्वीविरुद्ध प्रभाव छोड्ने प्रयास गर्नेछ। समूह चरण अन्तिम चरणतर्फ अग्रसर भइरहेका बेला आजका खेलहरूले सुपर–एटको समीकरण र समूह वरीयतामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार