NL न्यूज
काठमाडौं । आज नेपालमा दशौँ निर्वाचन दिवस मनाइँदैछ। आमनिर्वाचन प्रारम्भ भई बालिग नेपाली नागरिकले पहिलो पटक आफ्नो मताधिकार प्रयोग गर्न पाएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ।
देशमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते पहिलो आमनिर्वाचन सम्पन्न भएको थियो। त्यही दिनलाई आधार मानी निर्वाचन दिवस मनाइँदै आएको हो। संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मका विभिन्न तहका निर्वाचन सम्पन्न गर्दै आएको छ।
वर्तमान संविधान जारी भएपछि आयोगले दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, दुई पटक स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यका विभिन्न निर्वाचन र उपनिर्वाचन सम्पन्न गरिसकेको छ।
२०७३ सालदेखि औपचारिक रूपमा निर्वाचन दिवस मनाउन थालिएको हो। निर्वाचन दिवसले नागरिकको मताधिकार, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासको महत्व स्मरण गराउँदै लोकतन्त्र सुदृढीकरणतर्फ सामूहिक प्रतिबद्धता दोहोर्याउने अवसरका रूपमा लिइन्छ।

प्रकाशित मिति:
बिहीबार, फागुन ७, २०८२
०९:०९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्