NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसले आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने भएको छ । आज दिउँसो साढे १२ बजेदेखि काठमाडौँको राष्ट्रियसभागृहमा चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्न लागिएको हो ।
बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे जानकारी लिन इच्छुकले आज काठमाडौंको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा – तपाईंको प्रश्न’ कार्यक्रममा सहभागी हुन सक्नेछन्।
सभापति गगन थापा यस कार्यक्रममा प्रत्यक्ष उपस्थित हुनेछन् र देश–विदेशबाट आउने प्रश्नहरूको जवाफ दिनेछन्।
कार्यक्रममा ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षिप्त प्रस्तुति हुने र प्रविधिको प्रयोग गरेर विश्वभरिबाट प्रत्यक्ष प्रश्न सोध्न सकिने व्यवस्था गरिएको छ, प्रवक्ता देवराज चालिसेले जानकारी दिए।





प्रतिक्रिया दिनुहोस्