NL न्यूज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। शुभकामना सन्देशमा उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान पुर्याउने सम्पूर्ण व्यक्तित्वप्रति सम्मान प्रकट गरेका छन्।
राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई दिशानिर्देश गर्ने अग्रजहरूप्रति पनि सम्मान व्यक्त गरेका छन्। उनले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई संविधान, लोकतन्त्र, सुशासन र तीव्र विकासको मार्ग पहिल्याउने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै निर्वाचन सफल पार्नु सबैको साझा दायित्व भएको बताएका छन्।
राष्ट्रपति पौडेलले विसं २००७ को क्रान्तिलाई निरङ्कुशताविरुद्धको ऐतिहासिक उपलब्धि भन्दै मानवअधिकार र नागरिक स्वतन्त्रताको स्थापना त्यसैको परिणाम भएको स्मरण गरेका छन्। प्रत्येक वर्ष फागुन ७ मा मनाइने प्रजातन्त्र दिवस नेपाली इतिहासको गौरवपूर्ण र अविस्मरणीय दिन भएको उनको भनाइ छ।
लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान निर्माणको महत्वपूर्ण आधार २००७ को क्रान्ति नै भएको उल्लेख गर्दै उनले लोकतन्त्रले सामाजिक न्याय, समानता, सद्भाव र समृद्धिसहित राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
“जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यता लोकतन्त्रले स्थापित गरेको छ,” शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ।”
राष्ट्रपति पौडेलले सुशासनमार्फत विकास र समृद्धि हासिल गर्नु नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएको उल्लेख गर्दै त्यस दिशामा समर्पित भएर लाग्न सबैलाई आह्वान गरेका छन्।

प्रकाशित मिति:
बिहीबार, फागुन ७, २०८२
०८:३९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्