NL न्यूज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ७४औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै वर्तमान परिस्थितिमा राष्ट्रप्रति तीन महत्वपूर्ण जिम्मेवारी बोध आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको संरक्षण र पुनर्निर्माणको अभियानलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन्। उनले भनेका छन्, “आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ—पहिलो, राष्ट्रिय स्वाधीनता रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने; दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने; तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने।”
अध्यक्ष ओलीले प्रजातन्त्र दिवसलाई जनताको साहस, त्याग र बलिदानबाट जहानियाँ राणा शासनको अन्त्य भई स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक क्षणका रूपमा स्मरण गरेका छन्। उनले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले यस ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबैलाई जागरूक, उत्तरदायी र एकताबद्ध भएर अघि बढ्न अपिलसमेत गरेका छन्।

प्रकाशित मिति:
बिहीबार, फागुन ७, २०८२
०८:३३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्