NL न्यूज
काठमाडौं । जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि अब १४ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदानलाई व्यवस्थित बनाउन आयोगले ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।
मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गर्दै आयोगले उक्त कार्यविधि जारी गरेको हो। कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली संकलनसम्बन्धी कार्यक्रमसहित सूचना प्रकाशन गर्नेछ। आवश्यकताअनुसार सो सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यविधिमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, नेपाली सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नाम स्थायी मतदाता नामावलीमा समावेश हुने व्यवस्था गरिएको छ।
यसैगरी, कुनै व्यक्तिको नाम छुटेको वा विवरणमा त्रुटि भएमा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिई नाम समावेश वा विवरण सच्याउन सक्ने आयोगले जनाएको छ।

प्रकाशित मिति:
बिहीबार, फागुन ७, २०८२
०८:२८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्