NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रका विषयमा खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्ने भएको छ। बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे जानकारी लिन इच्छुकले बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा – तपाईंको प्रश्न’ कार्यक्रममा सहभागी हुन सक्नेछन्।
सभापति गगन थापा यस कार्यक्रममा प्रत्यक्ष उपस्थित हुनेछन् र देश–विदेशबाट आउने प्रश्नहरूको जवाफ दिनेछन्। कार्यक्रममा ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षिप्त प्रस्तुति हुने र प्रविधिको प्रयोग गरेर विश्वभरिबाट प्रत्यक्ष प्रश्न सोध्न सकिने व्यवस्था गरिएको छ, प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रकाशित मिति:
बुधबार, फागुन ६, २०८२
१९:०८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्