NL न्यूज
काठमाडौं । निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्वाचन प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएको छ। आयोगले पत्रमार्फत एन्फाले अघि बढाइरहेको निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि अर्को सूचना जारी नभएसम्म रोक्न स्पष्ट आदेश दिएको हो।
आयोगका अनुसार यसअघि भएको पत्राचार र निर्देशनको सन्दर्भमा निर्वाचन गतिविधि स्थगित गरिएको जानकारी प्राप्त भएको थियो। तर, पुनः कार्यक्रम अघि बढाइएको पाइएपछि आयोगले ध्यानाकर्षण भएको जनाएको छ।
पत्रमा प्रचलित निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र त्यसको उल्लंघन भए कानुनी कारबाही हुन सक्ने चेतावनीसमेत दिइएको छ। एन्फाले सोमबार मात्र संशोधित कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनका लागि २७ फागुनमा मतदान गर्ने तयारी अघि बढाएको थियो।
तर आयोगको निर्देशनसँगै एन्फाको निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ।

प्रकाशित मिति:
बुधबार, फागुन ६, २०८२
१९:०१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्