NL न्यूज
जनकपुर । नेपाली कांग्रेसले मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित आफ्नो १० बुँदे विस्तृत भिजन सार्वजनिक गरेको छ। जनकपुरमा बुधबार आयोजित विशेष समारोहमार्फत ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नारासहित प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो।
‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ सार्वजनिक दस्तावेजमा आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू उल्लेख गर्दै नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
आत्मसम्मान पहिलो प्राथमिकता
कांग्रेसले परिकल्पना गरेको नेपालमा नागरिकको आत्मसम्मानलाई पहिलो स्थान दिइएको छ। जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने वातावरण सिर्जना गर्ने योजना दस्तावेजमा उल्लेख छ।
विधिको शासन र सुशासन
विधिको शासनलाई कडाइका साथ लागू गर्दै सत्ता र शक्तिको पहुँचका आधारमा पाइने विशेषाधिकार अन्त्य गर्ने संकल्प गरिएको छ। बेथिति तथा हैरानीमुक्त प्रशासनिक सेवा प्रवाह सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा ढिलासुस्ती अन्त्य गरी नागरिकले घरमै बसेर सेवा पाउने व्यवस्था मिलाइने दाबी गरिएको छ।
निजी क्षेत्र र रोजगारी
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारिएको छ। स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरूले नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउने र विदेश पलायन रोक्ने रणनीति दस्तावेजमा समेटिएको छ।
किसान र उत्पादनमुखी अर्थतन्त्र
कृषिलाई मर्यादित पेसाका रूपमा विकास गर्दै ‘पेटभरी खुवाउने र देशलाई चिनाउने’ किसानको नेपाल निर्माण गर्ने लक्ष्य राखिएको छ। प्रविधिको प्रयोग र बजार व्यवस्थापनमार्फत कृषकलाई सशक्त बनाइने उल्लेख छ। साथै, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमार्फत समुन्नतिको गतिमा देशलाई अघि बढाइने चित्र प्रस्तुत गरिएको छ।
शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व
‘ओखती र ओत दिने नेपाल’को परिकल्पना गर्दै उपचारकै कारण कोही पनि गरिब हुनु नपर्ने व्यवस्था मिलाइने प्रतिबद्धता गरिएको छ। गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली लागू गरिने जनाइएको छ। त्यस्तै, छोराछोरी पढाउन अभिभावकमाथि आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ।
मौलिकता र स्वाभिमानी विदेश नीति
नेपालको भाषा, संस्कृति र विविधतामा गर्व गर्दै आधुनिकतालाई आत्मसात् गर्ने नीति लिइएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने, राष्ट्रिय हितमा आधारित विदेश नीति अवलम्बन गर्ने प्रतिबद्धता भिजनमा समेटिएको छ।
कांग्रेसको १० बुँदे भिजनले सुशासन, आर्थिक समृद्धि, सामाजिक न्याय र संस्थागत सुधारलाई एकैसाथ अघि सारेको छ। घोषणापत्रले आदर्श र कार्यान्वयनबीचको दूरी घटाउने दाबी गरेको छ। अब राजनीतिक बहसको केन्द्रमा रहने प्रश्न भनेको—यी प्रतिबद्धता कागजमा सीमित रहन्छन् कि व्यवहारमा रूपान्तरित हुन्छन् भन्ने हो।

प्रकाशित मिति:
बुधबार, फागुन ६, २०८२
१७:०७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्