Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

भोजपुरमा नेपाली सेना सवार बस दुर्घटना: २४ जना घाइते, २ जना सुरक्षित

भोजपुर । भोजपुर–३, सेतीबगरमा नेपाली सेनाको बस दुर्घटना भएको छ। प्रतिनिधि सभा निर्वाचनको तयारीमा टेम्केमैयुङ जाने क्रममा श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस सडकबाट खसेको थियो।

दुर्घटनामा २४ जना घाइते भएका छन् भने एक जमदार र एक सैनिक कर्मचारी सुरक्षित रहेका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि काठमाडौं पठाउन दुई हेलिकप्टरको व्यवस्था गरिएको छ। बाँकी घाइतेहरूको उपचार भोजपुर अस्पतालमा भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी राजु लाम का अनुसार, बसमा जम्मा २६ जना सवार थिए। प्रहरी र नेपाली सेनाले घाइतेको उद्धार र प्राथमिक उपचारमा तीब्रता देखाएका छन्।

घटना नेपाली सेनाले निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापना गर्न हिँडेको टोली सँग सम्बन्धित छ। सुरक्षा र उद्धार कार्य तत्काल सुरु गरिएको र स्थानीय प्रशासनले थप राहत तथा सहयोगका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार