Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रास्वपा सरकारले दुई वर्षमा बन्नुपर्ने बाटो डेढ वर्षमै बनाउँछ : बालेन

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले धनगढीमा आयोजित चुनावी सभामा दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै निर्माण गर्ने आफ्नो एजेन्डा सार्वजनिक गरेका छन्।

उनले भने, “‘दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन्, डेढ वर्षमै बन्नुपर्‍यो। रुखमा बाँधेर, बाटोमा सुताएर वा खोरमा जाकेर भए पनि बाटो बन्नुपर्‍यो।’”

बालेनले सुदूरपश्चिममा विकासका काममा मतदानलाई मात्रै आधार मानेर निर्णय गर्ने प्रवृत्ति रहेको बताए। उनका अनुसार, “यो भेगमा मेरो भोट छैन भने किन बाटो बनाउनुपर्‍यो?” भन्ने सोच राखिएको छ।

उनले स्पष्ट पार्दै भने, “रास्वपा सरकारमा आए कांग्रेसले हिँड्ने बाटो बनाउनेछ, एमालेले हिँड्ने बाटो बनाउनेछ, माओवादीले हिँड्ने बाटो बनाउनेछ। तर, हामी सबै नेपाली जनता हिँड्ने बाटो बनाउनेछौं।”

विश्लेषकहरूले बालेनको यो सन्देशलाई चुनावी एजेन्डासँगै तत्कालीन पूर्वाधार विकासमा प्राथमिकता दिने दाबीका रूपमा हेरिरहेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार