Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बालेनको चुनावी सन्देश: “भोट होइन काम माग्न आएका हौं । काम दिनुहोस्”

धनगढी । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम आउँदा मत माग्न नभई काम माग्न आएको बताएका छन्। बुधबार धनगढीमा आयोजित चुनावी सभामा उनले मतदातालाई प्रत्यक्ष भोटका लागि आग्रह नगरी, प्रदेश र जिल्लामा आवश्यक विकास कार्यका लागि माग गर्न अनुरोध गरे।

उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोट माग्न होइन, काम माग्न आएको हो। काम दिनुस्। भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनुहोस्। रास्वपाले काम गरेर देखाउँछ।”

शाहले आफ्नो छोटो सम्बोधनमा सुदूरपश्चिमलाई राजधानी काठमाडौँसँग जोड्ने महत्वाकांक्षी योजना अघि राखे। उनका अनुसार यस सम्बन्धी पूर्वाधार निर्माण र समग्र विकासका लागि रास्वपाले सक्रिय पहल गर्नेछ।

विश्लेषकहरूले बालेनको यो सन्देशलाई पारंपरिक चुनावी मतदाता आकर्षणभन्दा फरक, परिणाममुखी विकास केन्द्रित रणनीतिका रूपमा मूल्यांकन गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार