NL न्यूज
काठमाडौं — शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्। उनी मकवानपुरको ठुलदमार घर भई हाल काठमाडौं महानगरपालिका–१३, चागल बस्दै आएका थिए। उनलाई बालाजु क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
एसएसपी रमेश थापाका अनुसार शिवरात्रिको दिन पशुपति क्षेत्रमा एक युवतीलाई जिस्काएको विषयमा सम्झाउन खोज्दा श्रेष्ठले उल्टै प्रहरी जवानलाई लात्ती प्रहार गरेका थिए। उनले एक प्रहरीको छातीमा लात्ती हानेका थिए।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ती युवकको पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको थियो। मंगलबार सूचना जारी गर्दै प्रहरीले जानकारी मागेको थियो र त्यसपछि उनलाई नियन्त्रणमा लिइएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति:
बुधबार, फागुन ६, २०८२
१२:४९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्