NL न्यूज
काठमाडौं — नेकपाले सिन्धुली जिल्लाका इन्चार्ज बुद्धिमान माझी र जिल्ला संयोजक पानीराज बम्जनलाई जिम्मेवारीबाट हटाएको छ। पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै प्रदेश कमिटीले उनीहरूलाई कारबाही गरेको जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली–२ मा पार्टीका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारलाई सघाएको आरोप उनीहरूमाथि लागेको छ। प्रदेश कमिटीका अनुसार आधिकारिक निर्णयविपरीत खुलेआम मत माग्दै हिँडेपछि अनुशासनको कारबाही गरिएको हो।
बागमती प्रदेश कमिटीका संयोजक सरल सहयात्री पौडेलले पटक–पटकको निर्देशन बेवास्ता गर्दै अनुशासन उल्लङ्घन गरेकाले दुवै नेतालाई सबै जिम्मेवारीबाट मुक्त गरिएको बताए। नेकपाबाट टिकट नपाएपछि सिन्धुली–२ मा महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गराएका थिए। जिल्ला संयोजक बम्जन र इन्चार्ज माझी बागी उम्मेदवारको पक्षमा सक्रिय भएपछि विवाद चर्किएको थियो।
यसअघि सोही प्रकरणमा पार्टीले बागी उम्मेदवार दाहालसहित नेता हरिबोल गजुरेललाई समेत पार्टीबाट निष्कासन गरिसकेको छ। पार्टीले निर्वाचनअघिको अनुशासन कायम राख्न कडा कदम चालिएको जनाएको छ।

प्रकाशित मिति:
बुधबार, फागुन ६, २०८२
१२:३०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्