NL न्यूज
रुकुमपूर्व — नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ उल्लेख गर्दै यहीँबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने घोषणा गरेका छन्। चुनावी अभियानका क्रममा विकट बस्तीको भ्रमणपछि सदरमुकाम रुकुमकोटमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन्।
नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रा गर्दै सिस्ने गाउँपालिका–२ हुँदै रुकुमकोट पुगेका प्रचण्डले भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडामा छोटो समयमै कठिन अभियान सम्पन्न गरेको बताए। दुर्गम भूगोलका बाबजुद जनताको उत्साहले आफूलाई नयाँ ऊर्जा दिएको उनको भनाइ थियो।
उनका अनुसार स्थानीयले सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, पुल निर्माण, शिक्षा, पर्यटन र रोजगारीका विषयमा विशेष माग राखेका छन्। “विगतमा भएका कामप्रति केही सन्तुष्टि छ, तर अब गुणात्मक परिवर्तन चाहिएको स्पष्ट देखिन्छ,” उनले भने।
रुकुमपूर्वमा देखिएको विश्वास र अपेक्षाले आफूलाई ठूलो जिम्मेवारी बोध गराएको उल्लेख गर्दै उनले अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र ठोस परिणाम दिने प्रतिबद्धता जनाए।
जनयुद्ध दिवसको सन्दर्भ जोड्दै उनले सहिद, बेपत्ता परिवार र घाइतेलाई सम्मान गरिएको जानकारी दिए। रुकुमपूर्व १२ बुँदे समझदारीसँग जोडिएको ऐतिहासिक भूमि भएको स्मरण गराउँदै उनले नेपाली मौलिकता र सामुदायिक जीवनशैलीमै आधारित समाजवाद निर्माण सम्भव रहेको दाबी गरे।
“समाजवाद आयात गर्ने होइन, आफ्नै संस्कृतिमा आधारित भएर निर्माण गर्ने हो,” उनले भने, “रुकुमपूर्वबाट जाने सन्देश देशकै लागि निर्णायक हुनेछ।”

प्रकाशित मिति:
मंगलबार, फागुन ५, २०८२
१८:४२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्