Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

झापा–५ बाट शक्ति पुनःस्थापना प्रयासमा ओली, ‘निर्णायक राष्ट्रिय शक्ति’को नारा

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रतिबद्धता पत्रमा पार्टीको ऐतिहासिक भूमिका, २०७४ को निर्वाचन, सरकार गठन र विघटनको प्रसंग जोड्दै ‘स्थिरता’ र ‘निर्णायक शक्ति’को आवश्यकता औँल्याएका छन्। पत्रमा एमालेले भ्रष्टाचार नियन्त्रण, सुशासन र राष्ट्रिय स्वाभिमानको पक्षमा स्पष्ट अडान लिएको दाबी गरिएको छ।

उपनिर्वाचनलाई ओलीले केवल क्षेत्रीय प्रतिस्पर्धा नभई राष्ट्रिय राजनीतिक सन्देशको रूपमा प्रस्तुत गरेका छन्। ‘सूर्य चिह्नमा मतदान’ आग्रहसँगै उनले झापा–५ लाई एमालेको बलियो आधार बनाइराख्ने रणनीति स्पष्ट पारेका छन्।

यो दस्तावेज विकासभन्दा पनि राजनीतिक वैधता पुनःस्थापनाको प्रयत्नका रूपमा पनि व्याख्या भइरहेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार