NL न्यूज
झापा । झापा–५ को उपनिर्वाचन लक्षित गर्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको ४२ बुँदे प्रतिबद्धता पत्र विकास–केन्द्रित देखिएको छ। सडक स्तरोन्नति, पुल निर्माण, बजार व्यवस्थापन, कृषि आधुनिकीकरण, खेलमैदान स्तरोन्नति र स्वास्थ्य संस्थाको विस्तारलाई प्राथमिकतामा राखिएको छ।
प्रतिबद्धतामा दमक–गौरादह–कमल क्षेत्रका सडक स्तरोन्नति, मावा खोलामा पक्की पुल, अधुरो रहेका पूर्वाधार सम्पन्न गर्ने, बजारलाई व्यवस्थित बनाउने र स्मार्ट सिटी अवधारणा अघि बढाउने उल्लेख छ।
कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने, सिँचाइ विस्तार, जैविक मल कारखाना स्थापना, आधुनिक भण्डारण गृह निर्माण र खेल पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।
उम्मेदवारभन्दा पनि ‘पूर्वप्रधानमन्त्री’को हैसियतमा प्रस्तुत ओलीले झापा–५ लाई नमूना क्षेत्र बनाउने दाबी गरेका छन्।

प्रकाशित मिति:
मंगलबार, फागुन ५, २०८२
१६:१९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्