Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

न्यूजील्याण्ड सुपर–८ प्रवेश : क्यानाडा ८ विकेटले पराजित, युवराज समराले रचे इतिहास

चेन्नई — न्यूजिल्याण्डले क्यानडालाई ८ विकेटले हराउँदै आईसीसी टी २० विश्वकपको सुपर–८ चरणमा स्थान सुनिश्चित गरेको छ। चेन्नईको चिदम्बरम मैदानमा क्यानाडाले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनायो। जवाफमा किवी टोलीले १५.१ ओभरमै २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। न्यूजील्याण्डका लागि ग्लेन फिलिप्स र रचिन रवीन्द्रले अर्धशतकीय पारी खेले। फिलिप्सले ३६ बलमा नटआउट ७६ रन बनाउँदै ३ क्याच लिएर ‘प्लेयर अफ द म्याच’ घोषित भए। रचिनले ३९ बलमा ५९ रनको नटआउट पारी खेले। क्यानाडाका साद बिन जफर र दिलोन हेलिगरले १–१ विकेट लिए।

यस खेलकै क्रममा क्यानाडाका १९ वर्षीय युवराज शमराले ६५ बलमा ११० रन बनाएर टी–२० विश्वकप इतिहासमा सबैभन्दा कम उमेरमा शतक बनाउने ब्याट्सम्यान बने। यसअघि पाकिस्तानका अहमद शहजादसँग २२ वर्ष १२७ दिनको उमेरमा बनेको रेकर्ड कायम थियो।

क्यानाडाका कप्तान  दीलप्रीत बजवाले ३६ रन बनाए। युवराज र दिलप्रीतले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे। न्यूजील्याण्डका अन्य बलर म्याट हेनरी, ज्याकब डफी, काइल जेमिसन र जिमी नीशमले १–१ विकेट लिए। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार