Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आचारसंहिता उल्लङ्घनप्रति आपत्ति जनाउँदै निर्वाचन आयोगलाई निष्पक्षता कायम गर्न नेकपाको आग्रह

काठमाडौं — नेकपा ले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केही सञ्चारमाध्यमले भ्रामक सूचना फैलाएको आरोप लगाउँदै पार्टीले पत्रकारिताको न्यूनतम मान्यता र नैतिकता पालना गर्न आग्रह गरेको छ।

पार्टीले निर्वाचन आयोगलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रभावकारी भूमिका खेल्न आह्वान गरेको छ। आचारसंहिता कार्यान्वयनमा दलपिच्छे फरक व्यवहार भएको भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै आयोगले स्पष्ट निर्णय, कडा निगरानी र प्रभावकारी कारबाहीमार्फत जनविश्वास कायम राख्नुपर्ने बताइएको छ।

साथै प्रेस काउन्सिलाई पनि आचारसंहिताको निष्पक्ष अनुगमन गर्न अपील गरिएको छ। पार्टीले मतदातालाई सबै दलका विगत, वर्तमान र भावी योजनाको मूल्यांकन गरी विवेकपूर्ण निर्णय लिन आग्रह गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार