Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

हिंसा र दमन दुवै अस्वीकार्य भन्दै नेकपाले कसलाई दियो चेतावनी ?

काठमाडौं । नेकपाले देश दुई प्रकारका अतिवादको चपेटामा परेको टिप्पणी गरेको छ। पार्टीले एकातिर कुशासन र दमनकारी प्रवृत्ति तथा अर्कोतर्फ लोकतान्त्रिक संस्थामाथि आक्रमण गर्ने गतिविधि दुवैलाई लोकतन्त्रका लागि घातक भनेको छ।

वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता र सुशासनको माग गर्दै सडकमा उत्रिएका युवामाथि दमन भएकोप्रति आपत्ति जनाइएको छ। साथै राष्ट्रपति भवन, संसद, सिंहदरबार र सर्वोच्च अदालतजस्ता संस्थामाथि आगजनी र आक्रमण गर्ने गतिविधिको पनि कडा शब्दमा विरोध गरिएको छ।

पार्टीले निहत्था नागरिक, सुरक्षाकर्मी वा युवामाथि हुने हिंसालाई अस्वीकार्य ठहर गर्दै राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समृद्धिका लागि शान्तिपूर्ण र लोकतान्त्रिक बाटो अपरिहार्य रहेको धारणा राखेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार