NL न्यूज
काठमाडौं । नेकपाले देश जटिल परिस्थितिबीच निर्णायक निर्वाचन प्रक्रियामा प्रवेश गरेको बताउँदै तोकिएको समयमै निर्वाचन गराउने आफ्नो अडान सही सावित भएको दाबी गरेको छ। पत्रकार सम्मेलनमार्फत जारी वक्तव्यमा पार्टीले नवयुवा आन्दोलनपछिको असहज अवस्थालाई सामान्य बनाउन आफूहरूले जिम्मेवार भूमिका खेलेको उल्लेख गरेको छ।
निर्वाचन घोषणापछि केही दलले प्रक्रिया नै अस्वीकार गरेको अवस्थामा पनि आफूहरू निर्वाचनको पक्षमा दृढ रहेको दाबी गरिएको छ। सामूहिक प्रयासबाट देश निर्णायक चरणमा पुगेको भन्दै पार्टीले आफ्नो विचार, एजेन्डा र कार्ययोजनाप्रति जनविश्वास बढिरहेको जिकिर गरेको छ।
संविधान जारीपछिका शासकीय सुधार, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रजस्ता मुद्दा आफ्नो निरन्तर एजेन्डा भएको दाबी गर्दै पार्टीले देशलाई सही दिशामा नेतृत्व गर्न सक्षम शक्ति आफूहरू नै रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति:
मंगलबार, फागुन ५, २०८२
१४:१४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्