NL न्यूज
चितवन । रास्वपा सभापति रवि लामिछानेले आफूलाई राजनीतिक रूपमा समाप्त पार्ने योजनाबद्ध प्रयास भएको दाबी गरेका छन्। चितवन–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतका दबाब र धम्कीका प्रसंग सार्वजनिक गरे।
लामिछानेले आफूविरुद्ध घेराबन्दी, मानसिक तथा भौतिक दबाब सिर्जना गरिएको आरोप लगाए। “हामीलाई उखेल्न, लुछ्न, सखाप पार्न खोजियो,” उनले भने, “मध्यरातमा बेडरुममै छिरेर ‘तेरो अन्तिम इच्छा के हो?’ भनेर सोधिएको थियो।” त्यतिबेला आफूले कुनै जवाफ नदिएको उल्लेख गर्दै उनले आफ्नो ‘अन्तिम इच्छा’को जवाफ जनता स्वयंले फागुन २१ को मतदानमार्फत दिने बताए।
उनले आगामी निर्वाचनलाई सामान्य मतदान नभई परिवर्तनको क्षणका रूपमा व्याख्या गरे। “अब केवल मतदान हुँदैन, यो देशले वर्षौँदेखि देखेको सपना पूरा गर्ने अवसर हो,” उनले भने। राजनीतिक आडमा राज्य संरचनालाई ‘भर्ती केन्द्र’ बनाइएको, बजेट वितरणमा विभेद गरिएको र विकासका नाममा असमानता गरिएको आरोपसमेत उनले लगाए।
आफूमाथि विभिन्न जिल्लामा मुद्दा दर्ता गराइएको उल्लेख गर्दै उनले त्यसको कानुनी लडाइँ आफैँ लड्ने स्पष्ट पारे। “व्यक्तिगत प्रतिशोध म राख्दिनँ,” उनले भने, “तर ३४ वर्षदेखि सपनामाथि डोजर चलाउने प्रवृत्तिको राजनीतिक हिसाब भने जनताले गर्नुपर्छ।”
चितवनलाई परिवर्तनको उर्वर भूमि बताउँदै उनले यहीँबाट सुरु भएको ‘निलो अभियान’ देशव्यापी बनेको दाबी गरे। तीन वर्षअघि चितवनले सुरु गरेको यात्रा अहिले राष्ट्रिय शक्तिमा रूपान्तरण हुँदै गएको उनको भनाइ थियो।
लामिछानेले देशका विभिन्न जिल्लाबाट आफूले उत्साहजनक समर्थन पाएको उल्लेख गर्दै चितवन–१ बाट निर्णायक सन्देश जाने विश्वास व्यक्त गरे।

प्रकाशित मिति:
मंगलबार, फागुन ५, २०८२
१२:५६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्