NL न्यूज
झापा — नेकपा (एमाले)का अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओलीले आज आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका छन्। निर्वाचन प्रचार अभियानकै क्रममा दिउँसो ३ बजे दमक–९ स्थित अमरसिंह चौकमा कार्यक्रम तय गरिएको छ।
निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता पत्रमा ओली विजयी भएपछिका प्राथमिकता र योजनाहरू समेटिएका छन्। दस्तावेजमा नेपालमा कम्युनिस्ट आन्दोलनको पृष्ठभूमिदेखि एमाले नेतृत्वका सरकारहरूले गरेका प्रमुख कामको समीक्षा र सुरु भएर अपुरा रहेका आयोजनाहरूको विवरणसमेत उल्लेख गरिएको जनाइएको छ।
अमरसिंह चौकमा आयोजना हुने चुनावी सभामार्फत नै प्रतिबद्धता पत्र सार्वजनिक गरिने कार्यक्रम छ। त्यसअघि अध्यक्ष ओलीले दमक–३ स्थित दुम्से र टुकुरे क्षेत्रमा घरदैलो तथा प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका छ।
झापा–५ मा ओलीको उम्मेदवारीलाई लिएर राष्ट्रिय राजनीतिसँग जोडिएको चासो उच्च छ। प्रतिबद्धता पत्रमार्फत उनले स्थानीय विकास, पूर्वाधार विस्तार र राष्ट्रिय एजेन्डाबीचको सम्बन्ध स्पष्ट पार्ने तयारी गरेका छन्।

प्रकाशित मिति:
मंगलबार, फागुन ५, २०८२
१२:१८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्