NL न्यूज
काठमाडौं । कास्की जिल्ला अदालतले रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ। सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयले पेस गरेको मुद्दा फिर्तासम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।
अदालतले महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाले सर्वोच्चबाट आदेश आएपछि मात्र निर्णय हुने जनाएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले पनि यस्तै मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेसहितका प्रतिवादीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। सोही निर्णयपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो।
लामिछानेविरुद्ध कास्की, रूपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर छन्।

प्रकाशित मिति:
सोमबार, फागुन ४, २०८२
१९:२०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्