Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

‘भ्यु टावर चाहिँदैन भन्छन्, आइटी हबको रूपमा विकास गर्ने सोचका साथ बनाएको हुँ’ -ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री बन्नुपरेको बताएका छन्। चुनावी घरदैलो अभियानका क्रममा मतदातासँग संवाद गर्दै उनले आफूले सुरु गरेका विकासका काम पटक–पटक सरकार ढालेर अवरुद्ध गरिएको जिकिर गरे।

रेलमार्ग विस्तार, जलमार्गमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध र पूर्वाधार विकासका योजनाहरू अघि बढाउँदा सरकार भत्काइएको उनले आरोप लगाए। “काम सुरु गर्छु, फेरि सरकार ढालिन्छ। फेरि सुरु गर्छु, फेरि भत्काइन्छ,” उनले भने।

ओलीले विरोधीहरूले देशभक्ति र विकासका काम सहन नसकेको तर्क गरे। औद्योगिक क्षेत्र स्थापना गर्न देशभित्र र बाहिरका शक्तिहरू सक्रिय रहेको उनको आरोप थियो।

सभागृह, रङ्गशाला र ‘भ्यु टावर’को आलोचना हुँदै आएको सन्दर्भमा उनले उक्त संरचना व्यवसायिक कम्प्लेक्स र आईटी हबका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढाइएको स्पष्ट पारे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार