Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेन शाहको दावी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्व मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाभित्रै अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन्। झापा–५ का मतदातासँगको संवादमा उनले महानगरको नेतृत्व गर्नु प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीपूर्ण नभएको जिकिर गरे।

मतदाताले राष्ट्रिय सरकार गठन गर्दा अन्तर्राष्ट्रिय दबाब आउनसक्ने प्रसंग उठाउँदै योजना के छ भनेर प्रश्न गरेपछि शाहले काठमाडौंको फोहोर व्यवस्थापनमै बाह्य प्रभाव देखिएको बताए। “अन्तर्राष्ट्रिय चलखेल कुन हदसम्म थियो, तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न,” उनले भने।

अन्तर्राष्ट्रिय दबाबसँग नझुक्ने प्रतिवद्धता दिन सक्नुहुन्छ? भन्ने प्रश्नमा शाहले “हामी सबै नेपाली जनता हौँ” भन्दै फोहोर व्यवस्थापन उदाहरण दिए। साथै, सुकुम्बासी बस्तीमा डोजर चलाइएको आरोप अस्वीकार गर्दै बाढी जोखिमका कारण हटाइएको दाबी गरे। चुनाव जिते झापा–५ का सुकुम्बासीलाई धनीपूर्जा दिलाउने प्रतिबद्धता उनले व्यक्त गरे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार