Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मतदानअघि ‘मत परिणाम’सम्बन्धी सामग्री छाप्ने अनलाईनलाई कारवाही गर्न आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले मतदानअघि मत परिणामसम्बन्धी सामग्री प्रकाशन/प्रसारण गर्ने अनलाईनलाई कारवाही गर्न प्रेस काउन्सिल नेपाललाई सिफारिस गरेको छ । 

आयोगले मिति २०८२ फागुन ३ गते प्रकाशित एक समाचारमा “चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन: रेणु दाहाल दोस्रो” भन्ने आशय व्यक्त गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रमा फागुन २१ गते मतदान हुने स्पष्ट हुँदाहुँदै मतदानअघि नै मतगणना वा परिणामसम्बन्धी सामग्री सार्वजनिक गर्नु निर्वाचन आचारसंहिताविपरीत हुने उल्लेख गरिएको छ।

यस्तै आयोगले फागुन ४ मा भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेकोमा पनि आपत्ति जनाएको छ ।

आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा  रहेको  उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण, मत परिणाम वा प्रभाव पार्ने किसिमका सामग्री प्रकाशन गर्न निषेध भएको जनाएको छ । 

यस्तै आचारसंहिताको दफा २५ को उपदफा १ को खण्ड ख मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार  प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिँदा कारवाही गर्न प्रेस काउन्सिल नेपाललाई सिफारिस समेत गरेको छ ।  
WhatsApp-Image-2026-02-16-at-12.37.02-PM-1771224945.jpeg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार