NL न्यूज
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक प्रचारप्रसार सुरु भएको छ।
निर्वाचन आचारसंहिताअनुसार मतदान हुनुभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइन्छ। सोही व्यवस्थाअनुसार दल र उम्मेदवारले फागुन १८ गते राति १२ बजेसम्म अभियान सञ्चालन गर्न सक्नेछन्।
आयोगले स्वच्छ, मर्यादित र शान्तिपूर्ण प्रतिस्पर्धाका लागि आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ। अब उम्मेदवारहरू घरदैलोदेखि सार्वजनिक मञ्चसम्म मत माग्ने औपचारिक प्रतिस्पर्धामा उत्रिएका छन्।
त्यस्तै निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पुर्याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा नपार्नलगायतका ६४ बुँदे निर्देशन जारी गरेकाे आयाेगले जनाएका छन् ।
निर्वाचनसम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्देशन दिइएको आयोगको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्